1.गीत
म जिउन कहाँ सक्छु र,तिमी बिना,
असम्भब छ एक्लो जीवन।
जिउन कती गार्हो हुन्छ,जीवन कती भार हुन्छ,
बिछोड मा छट्पटिएको,ब्यथा मा तड्पिएको,
आत्मा लाई सोधी हेर,
जिउन कती गार्हो हुन्छ,जीवन कती भार हुन्छ।
म रोई दिन्छु हरेक,तिम्रा पिडा मा,
केवल तिमी हासी दिनु।
आसुँ को जीवन कती गार्हो हुन्छ,जीवन कती भार हुन्छ,
बेदना मा रोई हिंड्ने बियोग मा गाई रहने,
न्याउली लाई सोधी हेर,
जिउन कती गार्हो हुन्छ,जीवन कती भार हुन्छ।
2.गीत
रिश मानिसको शत्रु हो,हासेर बात गर।
तिल जत्रो कुरा लीइ,पहाड बनाउने नगर।
अरुको दु:ख मा नहाँस कहिल्यै,सु:ख मा ईर्श्या नगर।
आफ्नो सु:ख मा नमात्त कहिल्यै,दु:ख मा रुने नगर।
दु:ख त आफ्नो जीवन साथी हो।
सु:ख त केवल पाहुना न हो।
आगो बनिदिन्छ रिस जब,पानी बनी निभाउने गर।
दुई दिने यो जीवन मा घात,कसैलाई नगर।
यही नै स्वछ जीवन हो।
यही नै उच्च बिचार हो।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>अरु धेरै गीतहरु